तोकेभन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालयलाई कारबाहीमा
काठमाडाैं | साउन १५, २०८०
काठमाण्डौ: टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ ।
नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएको जानकारी दिएको हो ।
नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा नगरपालिकाले तोकेकोभन्दा बढी शुल्क लिएको, कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्यार्थीमैत्री वातावरण नभएको, शुल्क सम्बन्धमा अभिभावकसँग विवाद रहेका पाइएकाले त्यस्ता विद्यालयलाई कारबाही गर्न लागेको बताउनु भयो ।
अनुगमन तथा निरीक्षणका क्रममा विद्यालयको वातावरण सफासुग्घर नभएको, शैक्षिक सत्र २०८० को शुल्क प्रस्ताव नगरपालिकाको कार्यालयमा पेस नगरेको, अन्य तथा अतिरिक्त शुल्क बढी लिएको, मन्टेश्वरी सञ्चालनका लागि अनुमति लिएर कक्षा ३ सम्म सञ्चालन गरेको पाइएको शिक्षा अधिकृत धामीले बताउनुभयो ।
यस्तै, विद्यार्थीअनुसार डेस्क तथा बेन्चको व्यवस्था नभएको, विद्यालय प्रशासन र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध नराखेको, मन्टेश्वरी कक्षाको अनुमति लिई नगरपालिकामा अभिलेखीकरण नगरेको, विद्यार्थीलाई हतोत्साहित हुने प्रकृतिका क्रियाकलाप गरेको, तहअनुसार योग्यता प्राप्त शिक्षक नभएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

