तोकेभन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालयलाई कारबाहीमा

काठमाडाैं | साउन १५, २०८०

तोकेभन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालयलाई कारबाहीमा

काठमाण्डौ:  टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ ।

 

नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएको जानकारी दिएको हो । 

 

नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा नगरपालिकाले तोकेकोभन्दा बढी शुल्क लिएको, कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्यार्थीमैत्री वातावरण नभएको, शुल्क सम्बन्धमा अभिभावकसँग विवाद रहेका पाइएकाले त्यस्ता विद्यालयलाई कारबाही गर्न लागेको बताउनु भयो । 

 

अनुगमन तथा निरीक्षणका क्रममा विद्यालयको वातावरण सफासुग्घर नभएको, शैक्षिक सत्र २०८० को शुल्क प्रस्ताव नगरपालिकाको कार्यालयमा पेस नगरेको, अन्य तथा अतिरिक्त शुल्क बढी लिएको, मन्टेश्वरी सञ्चालनका लागि अनुमति लिएर कक्षा ३ सम्म सञ्चालन गरेको पाइएको शिक्षा अधिकृत धामीले बताउनुभयो ।

 

यस्तै, विद्यार्थीअनुसार डेस्क तथा बेन्चको व्यवस्था नभएको, विद्यालय प्रशासन र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध नराखेको, मन्टेश्वरी कक्षाको अनुमति लिई नगरपालिकामा अभिलेखीकरण नगरेको, विद्यार्थीलाई हतोत्साहित हुने प्रकृतिका क्रियाकलाप गरेको, तहअनुसार योग्यता प्राप्त शिक्षक नभएको बताइएको छ ।
 

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

थप पढ्नुहोस्